कुवेत सरकारले कोरोना विरुद्धको दुवै डोज खोप लगाएका विदेशी नागरिकलाई अगस्ट १ देखि प्रवेश गर्न अनुमति दिने भएको छ ।
फेब्रुअरी महिनादेखि कुवेतले विदेशी नागरिकको प्रवेशमा प्रतिबन्ध लगाएको थियो। कोरोना महामारी नियन्त्रणका लागि कुवेतले रोक लगाएको लामो समय पछि दुवै डोज खोप लगाएकाहरूलाई आउँदो अगस्ट १ देखि खुला गर्ने निर्णय गरेको हो ।
कुवेतले पाँच कम्पनीका खोप फाइजर, बायोएनटेक, मोर्डेना, जोनसन एण्ड जोनसन र एस्ट्रजेनेकालाई अनुमति दिएको छ । तर यी कम्पनीका खोप नेपालमा भने आएका छैनन् । नेपालमा यी खोपहरु उपलब्ध नहुँदा नेपाली श्रमिकहरुलाई भने अहिले तत्काल लाभ हुने अवस्था रहेको छैन।
कुवेत जाने यात्रुको साथमा ७२ घण्टा भित्रको पीसीआर रिपोर्ट पनि अनिवार्य हुनु पर्नेछ । साथै कुवेत पुगेपछि सात दिन क्वरेण्टीनमा अनिवार्य बस्न पर्नेछ ।