November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

स्कटल्याण्डका नेपालीद्वारा नारायणी अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

3.3K

काठमाडौं– कोभिड–१९ राहत सहयोग समिति स्कटल्याण्डले  वीरगञ्ज स्थित नारायणी उपक्षेत्रीय अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ।

गैरआवासीय नेपाली संघमार्फत खरिद गरिएको २० थान अक्सिजन कन्सन्ट्रेटरमध्ये पाँच थान उक्त अस्पताललाई हस्तान्तरण गरिएको हो।

जर्मनीमा निर्मित १० लिटर क्षमता भएको उक्त कन्सन्ट्रेटर नारायणी उपक्षेत्रीय  अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वीरेन्द्रबहादुर  प्रधानलाई हस्तान्तरण गरिएको थियो।  सो अवसरमा डा  प्रधानले सहयोगले कोरोना संक्रमितको उपचारमा निकै ठूलो मद्दत पुग्ने बताए।

Advertisement