झापाका दुई युवाले दुबईमा नयाँ नेपाली रेस्टुरेन्ट संचालन गरेका छन् ।
सन् २००६ मा इलेक्ट्रोनिकल काम गर्न पुगेका झापा सुरुङ्गाका भवानी शंकर खतिवडा र २००४ मा सेल्समेनका रूपमा युएई पुगेका झापा बुधबारेका मनोहरि घिमिरे (दिपेस)ले मिलेर दुबईको अलनादाको अलमुल्ला प्लाजामा विशालाक्षी रेस्टुरेन्ट एन्ड क्याफे जेठ २८ गतेबाट औपचारिक शुभारम्भ गरेका छन् ।
युएईको नेपाली रेस्टुरेन्ट क्षेत्रमा अहिलेसम्मकै ठुलो क्षेत्रफलमा खोलिएको मौलिक नेपाली रेस्टुरेन्टको क्षेत्रफल ३१ सय स्क्वायर फुट रहेको संचालकहरुले दाबी गरेका छन् । मौलिक नेपाली खानाहरु अन्यभन्दा सस्तो, स्वादिलो, स्वादिष्ट र समयमै उपलब्ध गराउने दाबीका साथमा विशालाक्षी रेस्टुरेन्ट एन्ड क्याफे स्थापना गरिएको संचालक खतिवडाले बताएका छन् ।