काठमाडौँ – कोरोना भाइरसका कारण भारतको फेक्ट्री एरियामा समस्यामा परेका नेपाली परिवारलाई राहत प्रदान गरिएको छ।
गैरआवासीय नेपाली संघको सहयोगमा २५ जना मजदुर परिबारका(१०९ जना)सदस्यको लागि स्वास्थ सामाग्री र खाद्यान्न बितरण गरिएको हो।
गैरआवासीय नेपाली संघ भारत फोकस टिम कि खाद्य बितरण प्रमुख नन्दनी न्याैपानेको पहलमा फेक्ट्री एरियामा रोजगारी गुमाए र दैनिक जीवन गुजरा चलाउन गाह्राे भएका परिबारलाई स्वास्थ सामाग्री र खाद्यान्न बितरण गरिएको थियोे ।
खाद्यान्न बितरण समाजिक अभियान्ता तथा जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डे उपस्तिथिमा बितरण गरिएको थियोे ।