November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

दक्षिण कोरियामा संकलित रकमबाट काभ्रेमा स्वास्थ्य सामग्री सहयोग

2.9K

काठमाडाैं– काभ्रे सम्पर्क समितिको पहलमा दक्षिण कोरियामा संकलित रकमबाट काभ्रेमा स्वास्थ्य सामग्री सहयोग गरिएको छ। ४ लाख २५ हजार रुपैयाँ बराबरको सामग्री जिल्ला प्रशासन कार्यालय र संकट व्यवस्थापन जिल्ला समितिलाई हस्तान्तरण गरिएको हो।

सहयोग सामग्रीहरुमा २६ थान अक्सिजन सिलिन्डर, पीपीई सेट २६ थान र मास्क ५२ प्याक रहेको संस्थाले जनाएको छ। प्रमुख जिल्ला अधिकारी एवं जिल्ला संकट व्यवस्थापन संयोजक शिवराम पोखरेल सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारलाई  सामाग्री हस्तान्तरण गरिएको संस्थाका सल्लाहकार यम श्रेष्ठले जानकारी दिए।

बिहीबार गरिएको हस्तान्तरण कार्यक्रममा स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झा पनि उपस्थित थिए।

Advertisement

संस्थाले गरेको सहयोगलाई जिल्लाका १३ वटै स्थानीय तहमा वितरण गरिने बताइएको छ।