June 15, 2021, Tuesday
२०७८ असार १
1:37:26 pm

साउदी अरेबियाबाट टर्की हुँदै नेपाल जान पाइने

95

साउदी अरबबाट टर्की  अथवा कतारको ट्रान्जिट मिलाएर नेपाली नागरिक फर्कन सक्ने नेपाली दूतावासले जनाएको छ । 

साउदी  अरब स्थित नेपाली राजदूतावासले उक्त दुई देशबाट ट्रान्जिट मिलाएर नेपाल जान सक्ने गरी  व्यवस्था  मिलाइएको  जानकारी गराएको हो ।

नेपाली दूतावासका अनुसार साउदी अरबबाट सोझै नेपाल  जान उडान खोल्ने  सम्बन्धमा  कुनै निर्णय नभएको तर नेपाल जान चाहने नेपाली श्रमिकले  टर्की वा कतार (कतार एयरवेज, नेपाल एयरलाइन्स र टर्किस एयरलाइन्स)बाट ट्रान्जिट मिलाएर जान सकिने व्यवस्था गरिएको उल्लेख  छ  ।

हवाई टिकटका लागि सम्बन्धित एयरलाइन्स अथवा ट्राभल एजेन्सीमा स्वयं व्यक्तिले नै सम्पर्क गर्नुपर्ने सूचानामा प्रकाशित गरेको छ् ।

नेपाली राजदूतावासद्वारा जारी गरिएको सूचना
https://www.facebook.com/1204617369604682/posts/4313395148726873/?d=n