April 18, 2025, Friday
२०८२ बैशाख ५
1:37:26 pm

कोविड १९ विरुद्ध जन्मथलोलाई सहयोग गर्न विश्वव्यापी ओखलढुंगेली सन्जाल गठन

3K

लण्डन – अहिले हाम्रो देश नेपालमा कोरोनाको प्रकोप बढ्दो छ, त्यहि महामारीको चपेटामा ओखलढुंगा जिल्ला पनि परिरहेको छ। यस्तो बेलामा हाम्रो आफ्नो जन्मथलो ओखलढुंगाको अस्पतालले कतिसम्म थेग्न सक्छ? त्यहि कुरालाई मध्यनजर राख्दै हाम्रो जिल्लाको अस्पतालहरुमा कोरोना संक्रमितलाइ उपचार गर्न आवश्यक अक्सिजन, भेन्टिलेटर आइसीयु लगायतका मेडिकल सामाग्रीहरु उपलब्ध गराउन सकेमा धेरै सहयोग पुग्ने कुरालाई मध्यनजर राखी हामी स्वदेश तथा बिदेशमा रहेका ओखलढुंगेहरुले आफ्नो तर्फ बाट केहि गर्ने हो कि भनेर गत मे १९ पछि शुरु भएको बिश्वब्यापी अभियानले मुर्त रुप लिदै बेलायतमा बसोबासरत शिवजी श्रेष्ठको संयोजकत्वमा “कोविड १९ विरुद्ध विश्वव्यापी ओखलढुंगेली सन्जाल” गठन गरेको छ।

शिवजी श्रेष्ठको संयोजकत्वमा गठित सो संजालमा सदस्य सचीव :श्रीराम गुरुङ
(कोरिया ), कोषाध्यक्ष:दिन बन्धु प्रेमि (अमेरिका) तथा संजालका सदस्यहरुमा-

१)युके सम्योजक:बिष्णु बहादुर गुरुङ
अध्यक्ष,ओखलढुंगा जिल्ला समाज युके
२)कोरिया संयोजक:फडिन्द्र अधिकारी
अध्यक्ष :ओखलढुंगा सेवा समाज दक्षिण कोरिया
३)जापान संयोजक:सन्तोष वाणिया
अध्यक्ष :ओखलढुंगा सेवा समाज जापान
४)कतार संयोजक:भिम तामाङ
अध्यक्ष :ओखलढुंगा सेवा समाज,कतार
५)मलेसिया संयोजक:सुरेन्द्र श्रेष्ठ
अध्यक्ष :ओखलढुंगा एकता सेवा समाज मलेसिया
६)साइप्रस संयोजक:आयुष्मा गुरुङ
अध्यक्ष :ओखलढुंगा सेवा समाज साइप्रस
७)अस्ट्रेलिया संयोजक:अम्विका श्रेष्ठ
८)अमेरिका/क्यानाडा संयोजक- दिनबन्धु प्रेमी
९)बेल्जियम/नेदरल्यान्ड संयोजक:सुवास गुरुङ
१०)हङकङ संयोजक:नरेन्द्र गुरुङ
११)युएइ संयोजक;जितेन्द्र गुरुङ  
१२) बेल्जियम/नेदरल्यान्ड संयोजक:सुवास गुरुङ
१३) हङकङ संयोजक:नरेन्द्र गुरुङ

Advertisement

अहिले १६/१७ देशमा एक साथ अभियान चले पनि क्रम्श अन्य देशमा रहेका ओखलढुंगेलिहरुलाइ पनि जोडने प्रक्रियामा रहेको जनाइएको छ।
सोहि संजालले स्थानीय सिद्धिचरण नगरपालिकाका मेयर मोहन श्रेष्ठ, उपमेयर इच्छा कुमारी गुरुङ, ओखलढुंगा सामुदायिक अस्पतालका प्रमुख युबराज आचार्य, जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्ड़ेन्ट डा दिक्षान्त प्रसाई, उद्योग बाणिज्य संघका अध्यक्ष, जिल्ला रेडक्रस सोसाइटीका अध्यक्ष, सिमाबिद बुद्धि नारायण श्रेष्ठ, पुर्ब सभासद रामहरी खतिवडा लगायत नेपाली कांग्रेस ओखलढुंगा जिल्लाका सभापति प्रदिप सुनुवार, नेकपा एमालेका प्रदेस कमिटि सदस्य तथा बरिष्ठ अधिवक्ता नानीबाबु बुढाथोकी लगायत ओखलढुंगामा जन्मिएर देश परदेशमा रहनु भएका ओखलढुंगेहरुको जुम बैठकमा सहभागीहरुले सामुदायिक अस्पतालमा भेन्टिलेटर र जिल्ला अस्पतालमा थप अत्यावश्यक मेडिकल सामाग्रीको ब्यबस्था गर्न सके यस कोरोनाको महामारीबाट जिल्लावासीलाई बचाउने कार्यमा सहकार्य गरेर अगाडी बढ्ने निर्णय गरिएको थियो।

त्यसै गरी बिश्व संजाल संग समन्वय गर्दै कार्य गर्न स्थानीय समिति गठन भएको छ । सिद्धिचरण नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठको संयोजकत्वमा गठित समितिका सदस्यहरुमा उपमेयर इच्छा कुमारी गुरुङ, मानेभंज्यांग गाउपालिका अध्यक्ष मोती राज राइ, सुनकोशी गाउपालिका अध्यक्ष रुद्र अधिकारी, मोलुंग गाउपालिका अध्यक्ष मणिराज राइ, चिशंखु गाउपालिका अध्यक्ष निशान्त शर्मा, खिजिदेम्बा गाउपालिका अध्यक्ष बेद बहादुर रोक्का, लिखु गाउपालिका अध्यक्ष गोबिन्द पौडेल, चम्पादेवी गाउपालिका अध्यक्ष नबराज केसी, उद्योग बाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र मास्के, अध्यक्ष जिल्ला रेडक्रस सोसाइटी सुमन राजभण्डारी, समाजसेवी बालकृष्ण श्रेष्ठ, ओखलढुंगा जिल्ला अस्पताल रुम्जाटार मेडिकल सुपरिन्टेन्ड़ेन्ट डा दिक्षान्त प्रसाई, ओखलढुंगा सामुदायिक अस्पताल सोब्रुका प्रमुख युबराज आचार्य, पत्रकार महासंघ जिल्ला सचिब पुर्ण प्रसाद न्यौपाने रहनु भएको छ।

ओखलढुंगामा बढ्दो कोरोनाको प्रकोपमा तत्कालै सहयोग पुग्न सकोस भनेर संसारभरका ओखलढुंगेहरुले स्वतस्फुर्त रुपमा सहयोग संकलन अभियान चलाएका छन। प्रथम चरणमा कोविड १९ विरुद्ध विश्वव्यापी ओखलढुंगेली सन्जालले जिल्ला अस्पताल र सामुदायिक अस्पताल प्रत्येकलाइ २-२ वटा आइसीयु बेड र जिल्लाको ८ वटा पालिका (१ नगरपालिका र ७ गाउपालिका) हरुलाई ५-५ वटा इक्विपमेन्ट सहितको अक्सिजन सिलिन्डर खरिद गरि जिल्लामा पठाउने ब्यबस्था गरिएको कुरा बिश्व संजालका अध्यक्ष शिवजी श्रेष्ठले बताउनु भयो। सहयोग संकलन भर्खर शुरु भएकोले यस पछाडी जिल्लामा आवश्यक पर्ने मेडिकल सामाग्री स्थानीय समितिसंग समन्वय गरेर क्रमश ब्यबस्था गर्दै लैजाने कुरा संजालका सदस्य सचिब श्रीराम तमुले जानकारी गराउनु भयो।