अमेरिका - गैर-आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको चुनावमा बुद्धिसागर सुवेदी विजयी भएका छन् ।
सुवेदीले ५६१८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी कृष्ण लामिछानेले ५ हजार २ सय मत प्राप्त गरेका छन् ।
अध्यक्षका अर्का उम्मेदवार डा. अर्जुन बञ्जाडेले ४ हजार १ सय ४८ मत प्राप्त गरे भने तिलक केसीले ५ सय ६७ मत पाएका छन् ।
सन् २०२१-२३ कार्यकालका शनिबार र मतदान र दुइ दिन मतदान भएको थियो । यो मतदानमा १५ हजार ७ सय ६८ सदस्यले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।
वरिष्ठ उपाध्यक्षमा ६ हजार ८ सय ५० ल्याई कृष्णजीवी पन्त बिजयी भएका छन् । उनका निकटम प्रतिद्धन्द्धीमा बीआर लामा आएका छन् । उनले ५ हजार १ सय ९० मत ल्याए ।महासचिवमा अन्जनकुमार चाैलागाइ ६ हजार ३ सय १२ मत प्राप्त गरेर विजयी भए । उनका प्रतिस्पर्धी विनोद भट्टले ५ हजार १ सय ४५ मत प्राप्त गरे ।
एनआरएनए अमेरिकामा २० हजार एकसय ३८ मतदाता थिए ।