November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

शिवजी श्रेष्ठद्वारा जन्मथलोको गुठिलाइ मेडिकल सामाग्री प्रदान

2.3K

काठमाडौँ – अहिले नेपालमा बढ्दो कोरोनाको महामारीमा अक्सिजन लगायत अन्य मेडिकल सामाग्रीको माग बढ्दै गएको छ।  देशको राजधानी काठमाडौँका अस्पतालमा नै यस्ता मेडिकल सामाग्रीको अभाव देखिइरहेको अबस्थामा अन्य दुर्गम जिल्लाहरुको अबस्था त स्वत अनुमान गर्न सकिन्छ।

सोहि कुरालाइ हृदयंगम गर्दै देश परदेसबाट आफ्नो जन्मथलोमा मेडिकल सामाग्री पठाउने अभियान नै चलेको छ। सोहि सिलसिलामा बेलायतमा बसोबासरत शिवजी श्रेष्ठ र उर्मिला श्रेष्ठले आफ्नो जन्मथलो ओखलढुंगामा १० थान पीपीइ फुल सेट र १००० थान मास्क पठाएका छन। सो सामाग्री ओखलढुंगा पारस्परिक गुठिको प्रयोजनको लागि श्रेष्ठको तर्फबाट उहाका भाइ केन्द्र श्रेष्ठले गुठीका का वा अध्यक्ष जनक श्रेष्ठ तथा कोषाध्यक्ष बालकृष्ण श्रेष्ठलाई हस्तान्तरण गरेका थिए। श्रेष्ठ दम्पतीले पठाएको पुन प्रयोग गर्न मिल्ने सो १० थान पीपीइ गुठीमा कोही बिरामी भएमा अस्पताल लैजान वा बिरामीसंग सम्पर्कमा आउनु पर्ने अबस्थामा प्रयोग गरिने कुरा बताउनु भयो।

Advertisement

ओखलढुंगाको सदरमुकाम सिद्धिचरण नगरपालिका वडा न ११ मा कोरोना संक्रमितको संख्या बढ्नुका साथै निशेधाज्ञामा पनि बाहिरबाट आउने मानिसहरुको चहल पहल रहेकोले यसबाट स्थानीयहरुलाई सुरक्षित राख्न र बाहिर बाट मास्क नलगाई आउने व्यक्तिहरुलाई वितरण गर्दै निजहरुको अभिलेख राख्ने कुरा गुठीका कावा अध्यक्ष जनक श्रेष्ठले बताउनु भयो। सोहि अवसरमा कोषाध्यक्ष श्रेष्ठले बिदेशमा रहेर पनि आफ्नो जन्मथलोको लागि यसरी चिन्तित रहेर मेडिकल सामाग्री पठाएकोमा दाता शिवजी श्रेष्ठ र उर्मिला श्रेष्ठप्रति कृतज्ञता जानेका थिए।

सो सामाग्री पठाउन अघि शिवजी श्रेष्ठ र उर्मिला श्रेष्ठले स्थानीय गुठीका पदाधिकारी र सदस्यहरुसंग भर्चुयल माध्यमबाट अन्तरक्रिया गरेका थिए भने बेलायतको अस्पतालमा कोरोना वार्डमा नै नर्सको रुपमा प्राप्त गरेको अनुभव उर्मिला श्रेष्ठले गुठीका पदाधिकारी र सदस्यहरु बिचमा आफ्ना अनुभव साट्दै सकेसम्म आफुलाई अनुशासित जीवन बिताउने र संक्रमित भैसकेपछि अरुलाई नसरोस भन्न को लागि घरमा नै आइसोलेसन भएर रहनु सुझाएका थिए।