विश्वव्यापी नेपाली विद्यार्थी संगठन(वोन्सो) बंगलादेशको नयाँ कार्यसमिति चयन गरिएको छ । मे १३ मा सम्पन्न वोन्सो बंगलादेशको भेलाले रुपेशकुमार महतोको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा मनोजकुमार यादव र स्मृति चौधरी, महासचिवमा मिलन यादव, सहसचिवमा अंकित साह, प्रवक्तामा निश्चल विसि, कोषाध्यक्षमा ओमप्रकाश कुशवाह र सहकोषाध्यक्षमा श्रेष्ठ निरौला रहेका छन् ।
त्यस्तै जनसम्पर्कमा अनिल यादव चयन गरिएका छन् भने महिला प्रतिनिधिमा निता खड्का र प्रज्ञा महर्जन, सांस्कृतिक संयोजकमा अलका महर्जजन र प्रविन खड्का, संचार संयोजकमा सौरभ झा र चाँदनी थापा र वैज्ञानिक संयोजकमा पुरुषोत्तम ठाकुर र आयुष्का श्रेष्ठ रहेका छन् ।
विभिन्न देशमा रहेका विद्यार्थीहरुलाई कानुन, शिक्षा, स्वास्थ्य तथा सामाजिक सम्बन्धका बारेमा जानकारी दिने र भर्नाका लागि सहयोग गर्ने उद्देश्यले गठन वोन्सोको स्थापना भएको छ ।
बंगलादेशमा सन् २०१० मा डा राकेश साहको अध्यक्षतामा वोन्सो शाखा गठन गरिएको थियो । वोन्सो अन्य देशमा सक्रिय हुन नसके पनि बंगलादेशमा भने सक्रिय रहँदै आएको छ । संस्थापक साह अहिले वोन्सो बंगलादेशको प्रमुख सल्लाहकार रहेका छन् भने हालै नेपालमा गठन गरिएको बंगलादेशबाट फर्किएका डाक्टरहरुको संस्था ‘सोसाइटी फर नेप्लिज डाक्टर अफ बंगलादेश’को संस्थापक रहेका छन् ।