November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

एनआरएनएले गर्यो देशभर ‘कोभिड हटलाइन’ सेवा सुरु

3.3K

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए)  ले देशका बिभिन्न शहरमा स्वास्थ्य सम्बन्धी हटलाइन (टेलिफोन सेवा) शुरु गरेको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्रगतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार संघले कोभिड १९ को महामारीमा परेका विरामीहरुको उपचारमा सहयोग गर्ने उदेश्यले विहीवार देखि देशैभरी हटलाइन सेवाको सुरुआत गरेको हो ।

नेपाल मेडिकल एशोसिएसन र डाँफे केयरको सहकार्यमा संघले काठमाण्डौं, जनकपुर, धरान, नेपालगन्ज, विराटनगर, राजविराज, धनगढी क्षेत्रमा मोवाईल हटलाइन सेवा सुरु गरेको गैरआवासीय नेपाली संघ, कोभिड १९ उच्चस्तरिय समितिका प्रेश संयोजक चिरन शर्माले जानकारी दिए ।

Advertisement

शर्मका अनुसार हटलाइन सेवाको लागि डा. शिव श्रेष्ठ, डा. प्रमोद जोशी, डा. रितेश थापा, डा. राम नरेश पण्डित, डा. बिपेश आचार्य, डा. प्रदीप मिश्र, डा. दिनेश श्रेष्ठ, डा. रइस पोखेल, डा. राजेन्द्र चौधरी, डा. राजन शर्मा लगायत करिब दुई दर्जन चिकित्सकहरु परिचालन गरिएको छ ।

नेपाल मेडिकल एशोसियनका बरिष्ठ उपाध्यक्ष डा. शिव श्रेष्ठले संघसंगको सहकार्यमा सुरु भएको हटलाइन सेवाले कोभिड १९ का विरामीलाई राहात पुग्ने विश्वास व्यक्त गरे ।

उनीले हटलाइन सुरु भएको केही घण्टामानै दर्जनौ कल आउन थालेको जानकारी दिए । कोभिड १९ सम्बन्धी समस्या परेका बिरामीले सिधैं ती चिकित्सकहरुको मोवाई नम्बरमा वा ९८८००३५००० मा सम्पर्क राख्न सक्ने बताइएको छ ।

यसअघि संघले विदेशस्थित नेपालीहरुको सहयोगको लागि हटलाइन सेवा सुरु गरेको थियो ।