November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

उपचारको क्रममा कुवेतमा एक नेपालीको निधन

2.7K

कुवेत / उपचारको क्रममा कुवेतमा एक नेपाली पुरुषको निधन भएको छ । 

कुवेतको एक फास्टफुड कम्पनीमा मोटरबाइक डेलिभरी ब्वाइको रुपमा कार्यरत रहेका ३९ बर्षिया  कश्याप लम्सालको मुबारक अल कबिर अस्पतालमा अप्रिल २८ तारिखका दिन उपचारकै क्रममा निधन भएको जनाईएको छ ।

नुवाकोट जिल्लाको को सूर्यगढी गाँउपालिका-४, दार्मे गाउँ घर भएका  लम्साल उच्च रक्तचापका कारण मृत्यु भएको जनाईएको छ । गत अप्रिल २१ तारिखमा अचानक भुइँमा ढलेका लम्साललाई मुबारक अल कबिर अस्पतालमा उपाचारको लागि भर्ना गरिएको थियो ।

Advertisement