न्यूयोर्क । किरात याक्थुङ चुम्लुङ अमेरीकाको आठाैँ महाधिवेशनबाट सुमन थाम्सुहाङ लिम्बुको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएका छन् ।
नव निर्वाचित समितिको बरिष्ठ उपाध्यक्षमा युगेश लिङदेन लिम्बू, उपाध्यक्षमा ममता सुब्बा लाबूङ, महासचिवमा सुर्य लिङदेन लिम्बू, सचिवमा दिपक थेबे लिम्बू, कोषाध्यक्षमा पि के थक्लुङ लिम्बू, सह–कोषाध्यक्षमा लाजिमा सुब्बा नाल्बो सर्वसम्मत नेतृत्वमा चयन भएका हुन् ।

त्यसै गरी सदस्यमा साबि लिङदेन लिम्बू, विमल चेम्जोङ लिम्बू, मणि लिबाङ लिम्बू, निर्मला कन्दङवा लिम्बू, बिवश माङमू लिम्बू, बानू तुम्बाहाम्फे लिम्बू, सम्झना लाबूङ लिम्बू, जिवन खजुम लिम्बू, सोनु पयाङगू लिम्बू र कृष्ण फोम्बो लिम्बू सर्वसहमतीमा निर्वाचित भएका छन् भने बाँकी ३ जना आगामी कार्यसमितिको पहिलो बैठकले मनोनित गर्ने छ ।

नव निर्वाचित अध्यक्ष थाम्सुहाङले आगामी आफ्नो कार्यकालमा कियाचुको आफ्नै चुम्लुङ हिम निर्माण गर्ने र यसको सुरूवात आफै बाट गर्ने भन्दै पाँच हजार डलर दिएर सुरूवात गरेको घोषणा गर्नुभयो । अमेरीकामा २००४ सालमा किरात याक्थुङ चुम्लुङ स्थापना भएको थियो ।