May 7, 2021, Friday
२०७८ बैशाख २४
1:37:26 pm

मलेसियामा जेल जीवन बिताएका १२ नेपाली स्वदेश फर्किए

230

दोहा- मलेसियामा विभिन्न मुद्दामा जेल परेका १२ जना नेपाली सजाय काटेर स्वदेश फर्किएका छन्। मलेसियाको कानून उलंघन गरेको आरोपमा पक्राउ परेका उनीहरू जेल सजाय कटाएर स्वदेश फर्किएका हुन् ।

त्यहाँको लेङक्याप घरफिर्ती केन्द्रमा रहेका १२ नेपालीको कानूनी प्रक्रिया पूरा गरेर स्वदेश फर्काइएको नेपाली दूतावासका द्वितीय सचिव प्रेमबहादुर बुढ थापाले जानकारी दिए ।

दूतावासले उनीहरु सबैको यात्रा अनुमतिपत्र तयारी गरी क्वालालम्पुर–काठमाडौँ उडान मार्फत स्वदेश फर्काएको हो । मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाई, व्यवहारजन्य समस्यालगायत कारण नेपाली जेल पर्ने गरेका छन् ।

यस्तै मलेसियाको विभिन्न घर फिर्ती केन्द्रहरुमा अझै पनि ३६ जना नेपाली स्वदेश फिर्तीको तयारीमा रहेको र उनीहरुको पनि कानुनी प्रक्रिया पूरा गरी चाडै फिर्ता पठाइने उनले बताए ।

यसघि पनि दूतावासले जेल सजाय कटाएर घरफिर्ती केन्द्रमा रहेका २४ जनालाई नेपाल फर्काइएको थियो ।