May 7, 2021, Friday
२०७८ बैशाख २४
1:37:26 pm

प्रेस स्वतन्त्रताको आन्दोलनलाई थप उचाइमा पुर्याउछुः अध्यक्ष पोखरेल [भिडियोसहित]

1.3K

लण्डन – नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष बिपुल पोखरेलले आफ्नो कार्यकालमा प्रेस स्वतन्त्रताको आन्दोलनलाई थप उचाइमा पुर्याउने बताएका छन् ।

बेलायतबाट सुरु भएको नयाँ अनलाइन न्युज पोर्टल ब्रिटिश खबर डटकमको उद्दघाटन कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष पोखरेलले नेपाली पत्रकारितामा श्रमको उचित अभ्यासको सुनिश्चितताका लागि सधै लागि पर्ने प्रतिवद्धता जनाएका हुन् । अध्यक्ष पोखरेलले प्रेस स्वतन्त्रता र लोकतन्त्रको रक्षाका लागि पत्रकारिता जगत सधै सजग रहुनु पर्ने धारणा राख्दै डायस्पोराले साहित्य मात्र नभएर नेपाली पत्रकारितालाई पनि योगदान दिन सक्ने अवस्था आएको बताए ।

साथै अध्यक्ष पोखरेलले विदेशमा रहेका नेपालीहरुले पत्रकार महासंघको संरचना मार्फत नेपाली पत्रकारिताको आन्दोलन र महासंघको शाखलाई संसार भरी पुर्याउन महत्वपूर्ण योग्दान पुर्याएको बताउदै भने “महासंघको कल्याणकारी कोषमा विदेशमा बस्ने नेपालीहरुले व्यत्तिगत र संस्थागत रुपमा पुर्याएको योगदान सधै अतुलनिय रहको छ” ।

साथै अध्यक्ष पोखरेलले विदेशमा रहेर संचार क्षेत्रमा काम गर्ने व्यक्तिहरुले आफ्नो सीप र अनुभवहरुलाई नेपालमा पनि उपयोग गर्न आग्रह गर्नुभएको छ । नेपाल प्रेस युनियन यूकेका अध्यक्ष बिपिन निरौलाको सम्पादनमा ब्रिटिश खबर डटकम बेलायतबाट प्रकाशन सुरु भएको हो ।

उक्त अनलाइनको बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीले आइतबार एक भर्चुअल समारोहबीच शुभारम्भ गरेका गरेका थिए ।