April 21, 2021, Wednesday
२०७८ बैशाख ८
1:37:26 pm

भारतमा थपिए एकै दिनमा १ लाख २६ हजारभन्दा बढी संक्रमित

265

काठमाडौं–भारतमा एकै दिन हालसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन्। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार एकै दिनमा १ लाख २६ हजार ३१५ जनामा कोरोना  संक्रमण देखिएको हो। 

यो पछिल्लो २४ घण्टामा भेटिएको संसारमै सबैभन्दा बढी हो। गत २४ घन्टामा ब्राजिलमा ९० हजार र अमेरिकामा ७५ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ।