November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नाइजेरियाको जेलबाट भागे १८ सय कैदीबन्दी

7.6K

नाइजेरिया – नाइजेरियाको एक जेलबाट १८ सय कैदीबन्दी भागेका छन्। बन्दुकधारीको आक्रमणपछि कैदीबन्दीहरु जेलबाट भागेका त्यहाँका अधिकारीहरुले बताएका छन्।

आक्रमणकारीहरु दक्षिण–पूर्वी सहर आवेरीस्थित जेलको प्रशासनिक भवनमा विस्फोट गर्दै भित्र पसेको बताइएको छ। जेल तोडेर भागेका ६ जना कैदी फर्किएका अधिकारीहरुले बताएका छन्। यस्तै‚ ३५ जनाले भाग्न अस्वीकार गरेको बताइएको छ।

प्रहरीले प्रतिबन्धित पृथकतावादी समूह द–इन्डिजीनीएस पिपुल अफ बीयाफ्राले आक्रमण गरेको आरोप लगाएको छ। यद्यपि‚ उक्त समूहले त्यस आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ।

Advertisement