April 19, 2024, Friday
२०८१ बैशाख ७
1:37:26 pm

राष्ट्रपतिबाट हटेपनि ट्रम्पविरुद्धकाे महाअभियाेग सुनुवाइ जारी रहने

2.3K

वासिंटन– अमेरिकी सिनेटले पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगबारे सुनुवाइ गर्नु संवैधानिक रहेको भन्दै मतदान भएकाे  छ। सिनेटमा भएको मतदानमा पक्षमा ५६ मत खसेको थियो भने विपक्षमा ४४ जनाले मत भएकाे  थियाे।

यसको अर्थ निवर्तमान राष्ट्रपति ट्रम्पविरुद्ध दोस्रो महाभियोगबारे सुनुवाइले निरन्तरता पाउने भएकाे छ। सुनुवाइ जारी राख्नुपर्ने पक्षमा छजना रिपब्लिकनले पनि मतदान गरेका थिए।

सामान्य बहुमत
सुनुवाइ प्रक्रियालाई निरन्तरता दिनका निम्ति सामान्य बहुमत चाहिएको थियो।

Advertisement

गत महिना हाउस अफ रेप्रेजेन्टेटिभ्सले दोस्रो पटक ट्रम्पमाथि महाभियोग लगाएको थियो। कार्यकालकाे अन्तिम समयमा सत्ता त्यागका लागि हिंसात्मक दङ्गा शुरू हुनुअगाडि आफ्ना समर्थकहरूलाई ‘उक्साएको’ आरोप  पनि लागेकाे छ।

ट्रम्पले महाभियोगसम्बन्धी सुनुवाइमा बयान दिन नजाने बताउँदै आएका छन्। उनका समर्थकहरूले क्यापिटल भवनमाथि आक्रमण गर्दा एक प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको थियो। संसद्‌ भवनभित्र रहेका सांसदहरू समेत लुक्नुपरेको थियो।

अमेरिकी इतिहासमा दुई पटक महाभियोग लगाइएका पहिलो राष्ट्रपति ट्रम्प हुन्। त्यसैगरी अमेरिकामा महाभियोग लगाइएका कुल तीनमध्ये एक राष्ट्रपति पनि उनी हुन्।