July 26, 2021, Monday
२०७८ श्रावण ११
1:37:26 pm

दीपशिखालाई हटाएर ओली समूहले बनायो बचन सिंहलाई युवा संघको अध्यक्ष

660

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहले राष्ट्रिय युवा संघ नेपालको संयोजकबाट रामप्रसाद सापकोटा दीपशिखालाई हटाएर उक्त पदमा बचनबहादुर सिंहलाई अध्यक्ष बनाएको छ ।

सोमबार काठमाडौंमा भेला गरेर ओली समूहले सहअध्यक्षमा किरण पौडेललाई जिम्मेवारी दिएको जनाएको छ । युवा संघका नेता रमेश पौडेलका अनुसार नयाँ टिमलाई युवा संघको जिम्मेवारी दिइएको छ।

तत्कालीन नेकपा एमाले र एकीकृत माओवादी केन्द्रबीच एकतापछि पौडेल युवा संघमा सहसंयोजक थिए। उनले हालसम्म आफूलाई सहयोग गर्नेलाई धन्यबादसमेत दिएका छन् । नेकपा दुई भिन्न समूहमा बाँडिएपछि दीपशिखा प्रचण्ड-नेपाल पक्षमा लागेका छन्।