April 18, 2024, Thursday
२०८१ बैशाख ६
1:37:26 pm

प्रचण्ड–नेपाल पक्षको आमहड्ताल ५ बजे अन्त्य हुने

2K

काठमाडौ – नेकपा प्रचण्ड–माधव पक्षले आह्वान गरेको आमहड्ताल ५ बजेपछि अन्त्य हुने भएको छ । संघर्ष समितिका सदस्य समेत रहेका सो पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीको फेसबुकमार्फत बिहीबार ५ बजेपछि आमहड्ताल अन्त्य हुने बताएका हुन् ।

त्यसक्रममा उनले कलंकीबाट नेताहरु अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, विजय पौडेल, अमृता थापा लगायत पक्राउ परेको जानकारी दिए । त्यसैगरी चावहिलबाट कृष्ण केसी, बागबजारबाट विद्यार्थी नेता रमेश मल्ललाई प्रहरीले पक्राउ गरेको बताए। काठमाडौमा पक्राउ परेका नेता कार्यकर्तालाई महाराजगञ्जमा राखिएको छ ।

नेता रिजालका अनुसार मोरङमा १६ जना नेताकार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरमा रामचन्द्र झा, मातृका यादवलगायतका १० जना नेता कार्यकर्ताहरु घाइते र १२ जना गिरफ्तार भएको नेकपाले जनाएको छ ।

Advertisement