April 22, 2026, Wednesday
२०८३ बैशाख ९
1:37:26 pm

नेपाली काँग्रेसको निर्वाचन समिक्षा बैठक चैत्र पहिलो हप्ताभित्र

२०८२ फाल्गुन २९

385

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनबारे समीक्षा गर्न चैत पहिलो साताभित्र नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाउने भएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले चैत पहिला साताभित्रै केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारीमा आफूहरू रहेको जानकारी दिए ।

‘निर्वाचनको समीक्षा गर्न चैत पहिलो साताभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारीमा हामीहरू लागेका छौँ,’ प्रवक्ता चालिसेले सञ्चारकर्मीसँग भने, ‘निर्वाचनमा के के भयो भन्नेबारे केन्द्रीय समितिमा छलफल गर्न जिल्ला जिल्लाबाट रिपोट मगाएका छौँ । रिपोर्ट आउने क्रम सुरु भएको छ ।’

२०७९ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा ठुलो बनेको कांग्रेस अहिले दोस्रोमा झरेको छ । दोस्रोमा मात्रै झरेको छैन, इतिहासमै सबैभन्दा कमजोर प्रतिपक्षीको रूपमा संसदमा उभिने निश्चित भएको छ । यसबारे छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बैठक बोलाउने तयारीमा लागेको हो।

Advertisement

कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० सिट गरी ३८ सिटमात्रै जितेको छ।