काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रूपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेल विजयी भएका छन्। निकट प्रतिद्वन्द्वी नेकपा एमालेका विष्णु पौडेललाई पराजित गर्दै उनी विजयी भएका हुन् ।
खरेलले ५६ हजार ५५० मत प्राप्त गर्दा विष्णु पौडेलले १२ हजार ८६१ मात्र मत प्राप्त गरेका छन्।
यस्तै, नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेल ९ हजार३९२ मतसहित तेस्रो स्थानमा छन् भने चौथो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का विश्वदीप पाण्डेले १ हजार ४०९ मत ल्याएका छन्।