March 8, 2026, Sunday
२०८२ फाल्गुन २४
1:37:26 pm

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट ९ कार्टुन मदिरा र चामलसहितका सामान बरामद

२०८२ फाल्गुन १८

530

सल्यान । रास्वपाको झन्डा राखेर चुनावी प्रचारमा हिँडेको जिपबाट प्रहरीले मदिरा र चामलसहितका सामान बरामद भएको छ ।

सोमबार बिहानै सल्यानको बन्गाड कुपिन्डे नगरपालिका–१ सल्लीबजारबाट मदिरा र चामलसहित प्रहरीले चालक र जिपमा सवार एकजनालाई नियन्त्रणमा लिएको हो ।

pin up pinup

सल्लीबजारबाट सामान लिएर खैरागारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको जिपका चालक सिद्धकुमाख गाउँपालिका–४ बस्ने २४ वर्षीय चन्द्रप्रकाश बुढाथोकी र सामान लिएर जाने ३७ वर्षीय मोहन बीसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

Advertisement

जिपमा निर्वाचनलक्षित चामल, खानेतेल र मदिराका कार्टुन लिएर गएको आशंकामा चालकसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार जिपबाट २५ केजीका दुई बोरा चामल, गोली डायमण्ड लेखिएको सात कार्टुन मदिरा, दुई कार्टुन रकस्टार बियर र तीन कार्टुन खानेतेल बरामद भएको छ ।

रास्वपाका नगर सभापति लोकेन्द्र ओलीले गाडीमा लोड गरिएको सामग्री स्थानीय व्यापारीको रहेको दाबी गरे ।