काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दैछ । बैठक आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिलाई बोलाइएको बताइएको छ।
महामन्त्रीद्वयको आव्हानमा विशेष महाधिवेशनको प्रक्रिया अघि बढेपछि संस्थापन पक्षले केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो ।