काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल बीच एकता हुँदैछ । दुई पार्टीबिच आज दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा एकता घोषणा कार्यक्रम तय गरिएको हो ।
अध्यक्ष राजेन्द्र लिङ्देनसँगको प्रतिस्पर्धामा पराजित भई पार्टी छाडेका कमल थापा चार वर्षपछि पुनः राप्रपामै फर्कन लागेका हुन् ।
लिङ्देन र थापाबीच केही दिनअघि दुई बुँदे सहमति भएपछि एकीकरणको प्रक्रिया अघि बढेको हो । सो सहमतिलाई राप्रपा नेपालको बैठकले मंगलबार अनुमोदन गरेको थियो ।




