काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले दिउँसो १ बजेदेखि सुरू हुने प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्नेछन् ।
आजै प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम छ । त्यसअघि उनले विशेष सम्बोधन गर्न लागेका हुन् ।
सरकारको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेको जनाइएको छ ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले असार ३० गते प्रतिनिधि सभामा प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको सम्बोधनका क्रममा उठाएका प्रश्नहरूको जबाफ दिने पनि बताइएको छ ।




