November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

1.2K

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। आइतबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा दुईबीच भेटघाट भएको हो ।

राष्ट्रपति सचिवालयका अनुसार भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको छ भने प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेललाई संसद्मा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रतुत गरिदिनका लागि निमन्त्रणसमेत दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै संसदीय छानविन समिति गठन हुनुपर्ने मागसहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर संसद् अवरोध गरिरहेको छ ।

Advertisement

सत्तारुढ दलहरु भने अहिले व्यक्तिलक्षित छानविन समिति बनाउन नहुने पक्षमा छन् ।

छानविन समिति नबनेसम्म संसद् अवरोध जारी राख्ने कांग्रेस संसदीय दलको निर्णय छ । कांग्रेसले आफ्नो अडान कायमै राखे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने दिनसमेत अवरोध हुने निश्चित छ ।