May 11, 2024, Saturday
२०८१ बैशाख ३०
1:37:26 pm

इलाम-२ मा मतगणना सुरु

565

काठमाडौं। इलाम-२ को प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि भएको मतदानको मतगणना सुरु भएको छ ।

इलाम नगरपालिका ७ को गौतमबुद्ध सभाहलमा मतगणना सुरु भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामका अनुसार यहाँ करिब ६० प्रतिशत मत खसेको छ । शनिबार भएको मतदानमा कुल एक लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मत खसेको हो । जसमा महिला मतदाता ३४ हजार १५० र पुरुष मतदाता ३५ हजार १३५ रहेका छन् ।

Advertisement

मतगणनास्थललाई सुरक्षित गर्न सिसिक्यामेरा, तारजालीसहितका आवश्यक पूर्वाधार तयार गरिएको छ ।

इलाम-२ मा १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् ।