विराटनगर । इलाम २ का स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बूले मतदान गरेका छन् । उनले आफ्नै जन्म गाउँ फाकफोकथुम ३ सिंहदेबी मा बि (क) बाट मतदान गरेका हुन् ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले माङसेबुङ २ दहगाउँस्थित जनता कल्याण माविमा रहेको मतदान स्थलको (ख) केन्द्रबाट पहिलो मतदान गरेका छन् भने नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले महेन्द्ररत्न बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन्।
यस्तै, नेपाली कांग्रेसकातर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार डम्बर खड्काले पनि महेन्द्ररत्न बहुमुखी क्याम्पस केन्द्र ‘क’बाट मतदान गरेका छन्।
आयोगका अनुसार यस चुनावमा एक लाख १५ हजार आठ सय ८९ मतदाता कायम भएका छन् । जसअनुसार ५९ हजार १८ पुरुष, ५६ हजार आठ सय ६९ महिला र दुई जना तेस्रो लिङ्गी छन् ।
बिहान ७ बजेबाट मतदान सुरु भएको मतदान साँझ ५ बजेसम्म हुनेछ ।
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङको निधन भएपछि इलाम- २ मा उपनिर्वाचन भएकाे हाे। इलाममा १९ उमेदवार चुनावी मैदानमा छन् ।