November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

इलाममा मतदान सुरु

1K

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले मतदान गरेका छन् । उनले माङसेबुङ २ दहगाउँस्थित जनता कल्याण माविमा रहेको मतदान स्थलको (ख) केन्द्रबाट पहिलो मतदान गरेका हुन् । 

नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले पनि मतदान गरेका छन् । उनले महेन्द्ररत्न बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् । 

यस्तै, नेपाली कांग्रेसकातर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार डम्बर खड्काले पनि मतदान गरेका छन् । उनले महेन्द्ररत्न बहुमुखी क्याम्पस केन्द्र ‘क’बाट मतदान गरेका हुन् ।

Advertisement

बिहान ७ बजेबाट मतदान सुरु भएको मतदान साँझ ५ बजेसम्म हुनेछ ।

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङको निधन भएपछि इलाम- २ मा उपनिर्वाचन भएकाे हाे।

इलाममा १९ उमेदवार चुनावी मैदानमा छन् । जसमध्ये निर्वाचनमा एमालेबाट सुवासकै छोरा सुहाङ नेम्बाङ, रास्वपाका मिलन लिम्बू, कांग्रेसका डम्बर बहादुर खड्का र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बू मुख्य प्रतिस्पर्धीको उम्मेदवारको रुपमा उभिएका छन्।