May 4, 2024, Saturday
२०८१ बैशाख २२
1:37:26 pm

कतारका राजा आज नेपाल आउदै, देशभर सार्वजनिक बिदा

455

काठमाडौं । कतारका राजा शेख तमिम बिन हमाद अल थानी नेपालमा भ्रमणमा आउँने भएपछि सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारी राजाको स्वागतमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा ८० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुई दिने राजकीय भ्रमणका लागि आज दिउँसो काठमाडौं आउन लागेका थानीले राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम छ। उनको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गर्नेछन्। कतारको प्रतिनिधिमण्डलमा १० जना कतारी मन्त्रीसमेत सहभागी हुनेछन् । 

स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कतारी राजा नेतृत्वको प्रतिनिधिमण्डलबीच बुधबार द्विपक्षीय वार्ता हुने कार्यक्रम छ। त्यसपछि उनीहरुको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

Advertisement

कतारी अमिरको यो भ्रमणबाट नेपाल र कतारबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।