काठमाडौं। धरान उपमहानगरका मेयर हर्क साम्पाङले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । मेयर राईले आज सिंहदरबारस्थित् गृह मन्त्रालय पुगेर गृहमन्त्री लामिछानेलाई भेटेका हुन् ।
भेटमा गृहमन्त्री लामिछाने र मेयर राईबीच आगामी बैशाख १५ गते इलाम–२ मा हुने उपनिर्वाचनको विषयमा पनि छलफल भएको स्रोतले जनाएको छ ।
इलामको उपनिर्वाचनमा रास्वपाले मिलन लिम्बुलाई उम्मेद्वार बनाएको छ । हिजोमात्रै रास्वपाले इलाममा उम्मेद्वारसहित आमसभा गरेको थियो । उता, हर्कले पनि इलामको उपनिर्वाचनमा स्वतन्त्र भन्दै डेकेन्द्र सिंह थेगिमलाई चुनावी मैदानमा उतारेका छन् ।