November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

माओवादी केन्द्रले उपनिर्वाचनमा आफ्नै उम्मेदवार उठाउने

2.3K

काठमाडौं । नेकपा माओवादी केन्द्रले उपनिर्वाचनमा आफ्नै उम्मेदवार उठाउने भएको छ । बुधबार बसेको पार्टी पदाधिकारी बैठकले आगामी वैशाख १५ गते हुन गइरहेको उपनिर्वाचनमा इलाम–२ र बझाङ–१ (क) मा माओवादीले आफ्नै उम्मेदवार उठाउन लागेको हो ।

इलाम–२ को उम्मेदवारमा माओवादीबाट धिरेन शर्मा, कान्छा लावती र ओमबहादुर गुरुङको नाम सिफारिस भएको छ ।

सत्तारुढ गठबन्धन दलहरु माओवादी, एकीकृत समाजवादीले इलाम–२ मा एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्ने चर्चा चलेको थियो । एमालेले यसअघि नै सुहाङलाई उम्मेदवार बनाइसको छ ।

Advertisement

इलाम–२ बाट माओवादीका तीन जना नेताको नाम उम्मेदवारको रुपमा सिफारिस भएर आएको भए पनि कसलाई टिकट दिने भन्नेबारे आजको बैठकमा टुंगिएको छैन ।