November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

इलाम उपनिर्वाचनमा मिलन लिम्बूलाई उठाउने रास्वपाको तयारी

2.1K

काठमाडौं । इलाम २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकार मिलन लिम्बूलाई उठाउने तयारी गरेको छ । स्वतन्त्र उम्मेदवारी घोषणा गरेर चुनावी प्रचारमा इलाम पुगेका मिलनलाई रास्वपाले आफ्नो दलमा ल्याउने भएको हो ।

मिलनलाई अघि सार्ने भए पनि रास्वपाले यसको औपचारिक घोषणा भने आगामी १७ गते गर्नेछ । त्यसदिन सभापति रवि लामिछानेसहित पदाधिकारी इलाम २ पुग्दैछन् ।

पार्टी स्रोतका अनुसार निरन्तर संवाद, इलाम २ को भूगोल, मतदाताको मनोविज्ञान र एमालेको उम्मेदवार चयन लगायतलाई विचार गरेर रास्वपा मिलनलाई अघि सार्ने निष्कर्षमा पुगेको हो ।

Advertisement

संविधान सभाका अध्यक्ष, पूर्वसभामुख एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको भदौ २५ गते निधन भएपछि रिक्त सो क्षेत्रमा एमालेले सुवासकै छोरा सुहाङ नेम्बाङलाई अघि सारेको छ ।