काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । आज (सोमबार) मानवअधिकार तथा शान्ति समाजका अध्यक्ष रामकृष्ण बरालले एक विज्ञप्ति जारी गर्दै गृहमन्त्री लामिछानेलाई मार्गप्रशस्त गर्न भनेका हुन् ।
विज्ञप्तीमा भनिएको छ,‘बहुचर्चित सहकारी घोटाला प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताका तथ्यहरु सार्वजनिक भइसकेको सन्दर्भमा शीघ्र निष्पक्ष एवं प्रभावकारी छानबिन अघि बढाउन शान्ति समाज आग्रह गर्दछ । नैतिक रुपमा रवि लामिछाने स्वयंले मार्ग प्रशस्त गर्नुपर्दछ ।’
सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै नेपाली कांग्रेसले पनि गृहमन्त्री रवि लामिछानेको राजिनामा माग गर्दै आइरहेको छ ।