November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

गृहमन्त्री लामिछानेले नैतिकता प्रदर्शन गर्न सकेनन्ः सांसद थापा

1.3K

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजु थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नैतिकता प्रदर्शन गर्न नसकेको बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले गृहमन्त्री लामिछानेले नैतिकताको कुरा धेरै उठाएको भन्दै अब नैतिकता प्रदर्शन गरेर देखाउनु भन्दै राजीनामा दिन आग्रह गरेका हुन् ।

सांसद थापाले भने ‘उहाँले नैतिकताको कुरा धेरै उठान गर्नुभएको छ। यो प्रश्न अहिले उहाँतर्फ तेर्सिएको छ । कांग्रेसले यो कुरा कुनै राजनीतिक प्रतिशोधको कारणले उठाएको होइन। हामीले हजारौँ सहकारी पीडितहरूको समस्या उठाएका हौँ। यो उहाँलाई नैतिकता प्रदर्शन गरेर नैतिकवान बन्न आग्रह गर्छु ।’

Advertisement