November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रतिनिधि सभाको बैठक स्थगित

1.3K

काठमाडौं । प्रतिनिधि सभाको शुक्रबारको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपछि सभामुख देवराज घिमिरेले १५ मिनेटपछि पुन: बस्ने गरी बैठक स्थगित भएको जानकारी गराएका छन्।

कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि उठेका प्रश्नको जबाफ दिनुपर्ने भन्दै बैठक अवरोध गरेको हो।

कांग्रेसका
प्रमुख सचेतक रमेश लेखकले भने, ‘प्रधानमन्त्रीजी सदनमा नआउने, सभामुखले रूलिङ गर्नुभएको छ, प्रतिपक्षलाई वेलमै बोलाएको हो सत्ताले? वेलमा आउन बाध्य नपारियोस्।’ 

Advertisement

उनले प्रतिपक्ष उभिएका बेला सदन अवरोध भएको मानिने बताएका थिए।