काठमाडौं। आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले यो संविधान बनाउनेहरुले माफी माग्नुपर्ने बताएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वासको मतमाथिको प्रस्तावमा भाग लिने क्रममा अहिलेको संविधान नै असफल भएको दाबी गर्दै संविधान बनाउनेले माफी माग्नुपर्ने बताएका हुन् ।
उनले नेपालको संविधान २०७२ लाई छद्यमभेषी र ठग्ने भाँडोको संज्ञा दिए । संविधानमा हेर्दा सबै कुरा भएरपनि केहीपनि नभएको उनको दाबी छ।
संविधानमा स्वतन्त्रतादेखि निरंकुशता, समाजवाददेखि पुँजीवादसम्म रहेको साहको टिप्पणी छ। संविधान बनाउनेहरुले अब गल्ती भएको भनेर माफी माग्नुपर्ने बेला आएको साहको भनाई छ । उनले अहिलेको व्यवस्था नै गलत दिशामा अघि बढेको आरोप लगाए ।