काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्ती पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गरेका छन् । मंगलबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रयोजनार्थ बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शर्माले तपाईबाट धोका खाएका नेपाली कांग्रेस र नेकपा एमाले दुवै दल मिलेमा तपाईंको हालत के होला भनेर प्रश्न गरेका हुन् ।
सांसद शर्माले भने, ‘पोहोर एमाले विपक्षमा रहेको अहिले कांग्रेस विपक्षमा रहेको पालैपालो विपक्षमा रहेकाहरूको हिसाब जोड्दै गर्दा क्लियर हुँदैन र ? पालैपालै विपक्षमा उभिएकाहरू एउटै पक्षमा उभिए भने पनि धोका खाएकाहरू एक हौँ भन्ने नारा लाग्यो भने राजनेताको गद्दीको हालत के होला ?’
गत फागुना २१ गते प्रधानमन्त्ती प्रचण्डले सत्ता समीकरण बदलेका थिए । नेपाली कांग्रेससहितको सत्ता गठबन्धन भत्काएर प्रचण्डले एमाले, रास्वपासहितको गठबन्धन निर्माण गरेका थिए । नयाँ समीकरण बनाएपछि नेपाली कांग्रेस सरकारबाट बाहिरिएको थियो । कांग्रेस बाहिरिएपछि प्रधानमन्त्रीले फेरि विश्वासको मत लिन लागेका हुन् ।