November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सरकारका प्राथमिकता तय गर्न दश सदस्यीय राजनीतिक संयन्त्र गठन

२०८० फाल्गुन २७

945

काठमाडौं । सरकारका प्राथमिकता तय गर्न सत्ता गठबन्धनले दश सदस्यीय राजनीतिक संयन्त्र गठन गरेको छ । आइतबार सत्तामा सहभागी पाँच दलबाट २/२ जना रहने गरी उक्त संयन्त्र बनाइएको हो ।

नेकपा (एकीकृत समाजवादी) बाट घनश्याम भूसाल र प्रमेश हमाल, नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र विष्णु रिमाल, माओेवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र मुकुल ढकाल, जनता समाजवादीबाट मनिष सुमन र राजेन्द्र श्रेष्ठ सम्मिलित राजनीतिक संयन्त्र गठन गरिएको छ ।

कार्यदलको पहिलो बैठक सिंहदरबारस्थित अर्थमन्त्रालयमा बसेको छ । सरकारका कार्यलाई प्रभावकारी बनाउनका लागि प्राथमिकता विषयहरू समेटेर कार्यदलले प्रतिवेदन तयार गर्नेछ ।

Advertisement

अघिल्लो पुस १० मा बनेको सरकारले तयार गरेको न्युनतम साझा कार्यक्रमहरू र हालको समयअनुसार परिमार्जित प्रतिवेदन तयार हुने संयन्त्रले जनाएको छ । संयन्त्रको अर्को बैठक मंगलबार बस्नेछ ।