काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले महिलाहरूका निम्ति आजको दिन संघर्षको गौरवगाथाको दिन भएको बताएका छन् । शुक्रबार ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।
दिदै अध्यक्ष नेपालले भने, ‘आज ८ मार्च अर्थात अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस। समानता, सुरक्षा र अधिकारका लागि बलिदानीपूर्ण सङ्घर्षको गौरवगाथा सहितको विशेष दिन । सम्पूर्ण आमा दिदीबहिनीहरूमा हार्दिक शुभकामना। त्यसैगरी आज महाशिवरात्री र नेपाली सेना दिवस। महाशिवरात्री र नेपाली सेना दिवसको समेत सबैलाई हार्दिक शुभकामना ।’