काठमाडौं । सत्ता गठबन्धन फेरिएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका छन् ।
नेपाल बिरामी भएर केही दिनदेखि घरमै आराम गरिरहेका छन् । उनीहरू स्वास्थ्य लाभको कामनासहित भेटघाटका लागि कोटेश्वर पुगेको स्रोतले जनाएको छ ।
नयाँ सत्ता समीकरण बनेसँगै एकीकृत समाजवादीले पर्ख र हेरको नीति लिएको छ ।
प्रधानमन्त्री प्रचण्डले आजै एकीकृत समाजवादीकासहित सबै मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् ।