November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

रास्वपाका सभापति रवि लामिछाने र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

२०८० फाल्गुन २०

1.2K

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । दुईबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट भएको हो ।

भेटवार्तामा समसामयिक विषयमा छलफल भएको बताईएको छ । भेटमा सभापति लामिछानेले दुग्ध किसानको बक्यौता र चितवनमा मृत्य भएकी बालिका शालिन पोखरेलका विषयमा प्रधानमन्त्री दाहालको ध्यानाकार्षण गराएका थिए ।

यस्तै, शान्ति प्रक्रिया टुँगो लगाउने विषयमा पनि दुई नेताबीच कुराकानी भएको जनाईएको छ ।

Advertisement