November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

राजेन्द्र महतोले त्यागे लोकतान्त्रिक समाजवादी पार्टी

२०८० फाल्गुन १४

1.4K

काठमाडौं । नेता राजेन्द्र महतोले लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल परित्याग गरेका छन् । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेता महतोले लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल परित्याग गरेको घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै महतोले कुनै एउटा पार्टी, र राजनीतिक दलबाट राष्ट्रिय प्रतिक्रान्ति सम्भव नभएकाले लोसपा, जसपा, काँग्रेस, एमाले सबै पार्टीहरुमासमेत बहुल राष्ट्रिय मान्यताको अधिकारको पहिचानको मान्यता राख्नेहरु एकजुट हुनुपर्ने बताए ।

आफ्नो क्रान्तिका लागि सबैले साथ दिन आह्वान गर्दै उनले राष्ट्रिय क्रान्ति मुक्तिका लागि अभियान, संघर्ष र बिद्रोहका क्रममा सशक्त आन्दोलन आवश्यक रहेको बताए ।

Advertisement