काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सुनसरी–काठमाडौं–सम्पर्क मंच को १४ औं जिल्ला सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ । १४ औं जिल्ला सम्मेलन आयोजक कमिटिका संयोजक रमेश आचार्यका अनुसार सम्मेलनलाई उद्घाटन सत्र र बन्द सत्र गरी दुई चरणमा सम्पन्न गरिएको हो ।
उद्घाटन सत्रमा प्रमुख अतिथिको रुपमा पार्टीका पोलिटब्यूरो सदस्य तथा सम्पर्क विशेष प्रदेश कमिटि इंचार्ज विजय गुरुङले सम्बोधन गरेका थिए भने विशिष्ट अतिथिको रुपमा पार्टी केन्द्रीय सदस्य तथा कोशी प्रदेश इंचार्ज अम्बिका थापा र सम्पर्क विशेष प्रदेश कमिटी उपसचिव केशर अधिकारीले सम्बोधन गरेका थिए ।
यस्तै, अतिथिको रुपमा केन्द्रीय परिषद सदस्य दुर्गाप्रसाद आचार्य, सम्पर्क विशेष प्रदेश कमिटि सदस्य बाबुराम खड़का, प्रदेश कमिटि उपसचिव टेक बहादुर गुरुङ र खोटाङ–काठमाडौं सम्पर्क मंचका अध्यक्ष अर्जुनभक्त राईले कार्यक्रममा सम्बोधन गरेका थिए ।
उद्घाटन सत्रको समापन सम्मेलन आयोजक कमिटिका अध्यक्ष रमेश आचार्यले बन्द सत्रका लागि केशर अधिकारीको अध्यक्षतामा दुर्गा आचार्य र बाबुराम खड़का सदस्य रहने गरी तीन सदस्यीय अध्यक्ष मण्डल घोषणा गर्दै आयोजक कमिटि विघटन भएको घोषणा गरिेका थिए ।
त्यसैगरी बन्द सत्रमा निवर्तमान अध्यक्ष रमेश आचार्यले प्रस्तुत गरेको राजनैतिक तथा संगठनिक प्रतिवेदन र कोषाध्यक्ष रमेश दाहालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पास भएको थियो । यस्तै, निर्वाचन प्रक्रियाबाट निर्विरोध भीम भुजेल अध्यक्ष, भोजराज घिमिरे उपाध्यक्ष, रमेश दाहाल सचिव, विभूषणजंग पौड़ेल र सुनीलबाबु केशी सह–सचिव, सुमन अधिकारी कोषाध्यक्षमा चयन भएका छन् ।
यस्तै कमिटिको सदस्यहारूमा सूर्य राई, हरी बहादुर श्रेस्ठ, जेनेश श्रेस्ठ, अम्बिका सुब्बा, सबीना पराजूली, सौरब आचार्य, मुनिराज कोईराला, तबरेज आलम अन्सारी, आतिफÞ अहमद, मंजु पोखरेल कोईराला, कुमारी महत, विकाश यादब, अनामिका सुब्बा गरी १९ सदस्सीय कमिटि निर्वाचित भएका छन् ।
कमिटिका नवनिर्वाचित पदाधिकारीहरुलाई कोशी प्रदेश सम्पर्क कमिटि इंचार्ज अम्बिका थापाले शपथग्रहण गराएका थिए ।