April 24, 2025, Thursday
२०८२ बैशाख १२
1:37:26 pm

पूर्वमन्त्री बुढाथोकीको निधनप्रति शोक प्रस्ताव पारित

915

काठमाडौं। राष्ट्रिय सभाले पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

बुधबार बसेको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राखेको शोक प्रस्ताव पारितको प्रस्ताव सर्वसम्मतीले पारित भएको हो ।

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बुढाथोकीको मंगलबार निधन भएको थियो । शोक प्रस्ताव पारितसँगै बैठक २८ गतेसम्म स्थगित भएको छ ।

Advertisement