March 24, 2025, Monday
२०८१ चैत्र १२
1:37:26 pm

परराष्ट्रमन्त्री साउद अष्ट्रेलिया जाँदै

1.1K

काठमाडौं। परराष्ट्रमन्त्री नारायणप्रकाश साउद अष्ट्रेलियाको पर्थतर्फ प्रस्थान गर्दैछन् । अष्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनद्वारा यही माघ २६ र २७ गते पर्थमा संयुक्त रुपमा आयोजना हुने सातौँ हिन्द महासागर सम्मेलनमा भाग लिन मन्त्री साउद बुधबार त्यसतर्फ जान लागेका हुन् ।

साउदको साथमा परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि त्यसतर्फ प्रस्थान गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यही माघ २७ गते स्थिर र दिगो हिन्द महासागरतर्फ,’ विषयमा हुन लागेको सम्मेलनलाई मन्त्री साउदले सम्बोधन गर्ने कार्यक्रम छ । पर्थमा रहँदा उनले अष्ट्रेलियाको विदेशमन्त्री पेनी वोङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। साथै उनले सम्मेलनमा सहभागी मित्र राष्ट्रका प्रतिनिधिमण्डलका प्रमुखहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।

Advertisement

परराष्ट्र मन्त्रालयका पर्थबाट मन्त्री साउद न्युजील्याण्डका विदेशमन्त्री विन्स्टन पिटर्ससँग द्विपक्षीय बैठकका लागि आगामी फागुन २ गते वेलिङ्टन जानेछन्।

उक्त बैठकअघि दुवै देशका परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूबीच दोस्रो परामर्श बैठक हुनेछ । मन्त्री साउद फागनु ३ गते स्वदेश फर्कने कार्यक्रम छ ।