May 21, 2024, Tuesday
२०८१ जेष्ठ ८
1:37:26 pm

रातो क्रान्तिमा रगत बग्यो, हामीले गर्ने नीलो क्रान्तिमा पसिना बगाउन चाहन्छौं- रबि लामिछाने

720

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ युगको सुरुवात गर्न आफूहरुले एउटा छुट्टै र पृथक आन्दोलन गर्न चाहेको बताएका छन् ।
आइतबार सिन्धुपाल्चोकको मेलम्चीबाट सुरु भएको दवाव यात्रालाई सम्बोधन गर्दै सभापति लामिछानेले नीलो क्रान्तिमा रगत बगाउन चाहेको अभिव्यक्ति दिएका हुन् ।

दाबाब यात्रालाई सम्बिन गर्दै लामिछानेले भने, “यो देशमा धेरै क्रान्तीहरु भए ती क्रान्तीलाई अवमूल्यन गर्ने हाम्रो अभिप्राय होइन् । त्यो हैसियत हाम्रो छैन् । हिजोको रातो क्रान्तिमा रगत बग्यो, अब हामीले गर्ने नीलो क्रान्तिमा हामी पसिना बगाउन चाहन्छौं। पसिनाले यो माटोलाई सिञ्चने बेला आएको छ। यो पनि होइन कहिले पनि ठूला ठूला क्रान्तिको आवश्यकता पर्दैन। तर अहिले बेला आएको छैन।”

लामिछानेले जनताबाट शक्ति र मत लिएर सत्तामा जाने र जनतालाई दु:ख दिने राजनीतिको अन्य हुनुपर्ने र त्यो अन्त्यका लागि रास्वपाले अभियान थालेको बताएका छन् । उनले रास्वपाले थालेको दवाव यात्रामा पार्टीको नारा, लागो र राजनीतिक भाषा प्रयाग नगरिने पनि उद्घोष गरेका छन् ।

Advertisement

उनले आफूहरुले यठाएको मुद्दालाई हरेक पार्टीले कूटनीतक रंग पोत्न खाजेको आरोप लगाएको बताउदै रास्वपाले थालेको यो अभियानलाई राजनीीतक रंग नपोत्नसमेत आग्रहसमेत गरेका छन् ।

उनले भने, “हामीले छानेको आयोजनाहरूमा राजनीतिक र कूटनीतिक रंग पोत्ने कोसिस गरेको देख्छौँ हामीलाई राजनीतिक र कूटनीतिसँग केही कुरामा सरोकार छैन। नेपाली जनताले हिँड्ने बाटो समयभित्र सम्पन्न गर्नुपर्‍यो। हाम्रो उद्देश्य यति हो। एउटा बाटो बनाउन युग पर्खनु पर्दैन। राजनीति गर्न धेरै मैदान छन् जनताको जीविकासँग कसैले राजनीति नगरोस्।”

रास्वपाले आजदेखि थालेको ‘राष्ट्रव्यापी दबाब अभियान’अगामी चैत २१ सम्म जारी रहनेछ ।

पहिलो चरणको अभियानको पार्टी सभापति रवि लामिछानेले मेलम्चीबाट अभियानको शुभारम्भ गरेका छन् ।