May 30, 2024, Thursday
२०८१ जेष्ठ १७
1:37:26 pm

अबको प्रधानमन्त्री माधव नेपाल- विमलेन्द्र निधि

890

काठमाडौं। नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले अबको प्रधानमन्त्री नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल हुने बताएका छन् ।

बुधबार नेपाल प्रेस युनियन दाङ शाखाले घोराहीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्तारुढ दलबीच भएको सहमतिअनुसार सत्तारुढ गठबन्धन आगामी २०८४ सालसम्मै टिक्ने दाबी गरेका हुन् ।

उनले गठबन्धनमा भएको सहमती अक्षरस कायम गर्दै गठबन्धन टिकाउनुको विकल्प नरहेको बताए ।

Advertisement

उनले पहिलो चरणमा नेकपा (माओवादी केन्द्र) बाट पुष्पकमल दाहाल प्रचण्ड दुई वर्ष, दोस्रो चरणमा नेकपा (एस) का अध्यक्ष नेपाल एक वर्ष र बाँकी दुई वर्ष कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी सरकारको नेतृत्व गर्ने सहमति रहेको बताए ।