March 24, 2025, Monday
२०८१ चैत्र १२
1:37:26 pm

मन्त्री परिषद् विस्तार नहुने मन्त्री गुरुङको भनाइ

1K

बुटवल । कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मन्त्री परिषद् विस्तार नहुने बताएका छन् । बुधबार बिहान बुटवलमा प्रेस युनियनको आयोजना गरेको  पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले मन्त्री परिषद् विस्तार नहुने तर कामको प्रगतिलाई मन्त्रीहरूले बढाउनु पर्ने मन्त्री बताएका हुन् ।

कांग्रेस उपसभापतिसमेत रहेका मन्त्री गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री फेर्ने  विषयका प्रधानमन्त्री दलका नेताहरू छलफल गरे पनि अहिले नफेर्ने निचोडमा पुगेको पनि बताए ।

प्रधानमन्त्री प्रचण्डले सरकारको एक वर्ष पुगेको अवसरमा मन्त्री फेर्ने बताएका पछि सत्तारूढ दलका नेताहरूबिच छलफल गर्दा अहिलेलाई यही ठिक भएको उनले बताए ।

Advertisement

गुरुङले राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा भएको ‘क्रसभोट’ले गठबन्धनभित्र तरङ्ग ल्याए पनि यसले खासै असर नपार्ने बताए । उनले गठबन्धन दलभित्र गम्भीर समीक्षा सुरु भएको छ । गठबन्धनमा आशङ्का जन्माए पनि यसको च्याप्टर छिटै क्लोज हुने बताए ।